images

२०८३ आश्विन ३० गते

images
images
images
  • समाचार
  • काठमाडौंमा एडीबी अध्यक्ष मासातो कान्डा, नेपालको...

काठमाडौंमा एडीबी अध्यक्ष मासातो कान्डा, नेपालको विकास प्राथमिकताबारे उच्चस्तरीय छलफल गर्ने

काठमाडौंमा एडीबी अध्यक्ष मासातो कान्डा, नेपालको विकास प्राथमिकताबारे उच्चस्तरीय छलफल गर्ने

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्।आगमनपछि उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नेपालमा एडीबीको निरन्तर विकास साझेदारी, आर्थिक रूपान्तरण र दीर्घकालीन वृद्धिप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार एडीबीले नेपालमा पूर्वाधार विकास, रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारलाई प्राथमिकतामा राखेर सहयोग जारी राख्नेछ।नेपालका प्रमुख विकास साझेदारमध्ये एक एडीबीले हाल देशभर करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न आयोजना सञ्चालन गरिरहेको जनाएको छ।

    images
    images

    अध्यक्ष कान्डाले आफ्नो भ्रमणका क्रममा नेपाल सरकारसँग उच्चस्तरीय छलफल हुने बताएका छन्। उनले विशेषगरी सरकारले तय गर्ने आगामी विकास प्राथमिकता, नीति सुधार र कार्यान्वयन क्षमताबारे विस्तृत छलफल गर्ने योजना रहेको उल्लेख गरेका छन्।नेपालको आर्थिक विकासलाई गति दिन पूर्वाधार, ऊर्जा, यातायात, शहरी विकास तथा जलवायु–सम्बन्धी परियोजनामा एडीबीको सहयोग अझ विस्तार गर्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।कान्डाले नेपालसँग एडीबीको ६ दशक लामो साझेदारी उल्लेख गर्दै यस सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। उनका अनुसार नेपालमा भइरहेको विकास प्रयासलाई प्रभावकारी बनाउन नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र दिगो परियोजना कार्यान्वयन आवश्यक छ।उनको भ्रमणलाई नेपालको विकास वित्त, बहुपक्षीय सहयोग र आगामी आर्थिक रणनीतिसँग जोडेर महत्वका साथ हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend