images

२०८३ कार्तिक १ गते

images
images
images
  • समाचार
  • कोशी अस्पतालको जग्गामा बनेका अवैद्य संरचना...

कोशी अस्पतालको जग्गामा बनेका अवैद्य संरचना तत्काल हटाउने निर्णय

कोशी अस्पतालको जग्गामा बनेका अवैद्य संरचना तत्काल हटाउने निर्णय

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । कोशी अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय भएको छ ।असार २० गतेसम्म नै हटाइसक्नु पर्ने अवैद्य संरचना नहटेपछि गृहमन्त्री सुदन गुरुङले सम्बन्धित निकायलाई कानुनअनुसार अतिक्रमित संरचना खाली गराउन निर्देशन दिँदै स्थानीय प्रशासन र सुरक्षा निकायलाई आवश्यक समन्वयका साथ परिचालन गरिने बताए ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन आइतबार साँझ गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेका थिए ।

    images
    images

    शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन् । त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उनीहरुले अतिक्रमित संरचनाको अवस्थाबारे स्थलगत निरीक्षण गरेका हुन् ।निरीक्षणपछि आयोजित छलफलमा अस्पतालको सरकारी तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना तत्काल हटाउने निर्णय गरेका हुन् । स्वास्थ्यमन्त्री मेहताले अस्पताल प्रशासनले गत असार ५ गते जारी गरेको १५ दिने सूचना सकिँदासमेत संरचना खाली नगरिनु दुःखद् भएको उल्लेख गर्दै अबको एक साताभित्र अस्पताल परिसर अतिक्रमणमुक्त गराइने बताइन् ।उनले सरकारी अस्पतालको सम्पत्ति संरक्षण गर्नु स्वास्थ्य सेवा सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अस्पतालको सम्पूर्ण पूर्वाधार बिरामीको सेवाका लागि उपयोग हुनुपर्नेमा जोड दिइन् ।

    कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा नेपाल रेडक्रस सोसाइटी,नेपाल क्षयरोग निवारण संस्था,गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी केही भाग व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend