images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट...

त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला

त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.भोला थापाले पदभार ग्रहण गरेका छन् । नवनियुक्त उपकुलपति प्रा.डा.थापाले आज सोमबार त्रिवि उपकुलपति कार्यालयमा नै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उपकुलपति थापाले सबैको समन्वय र सहकार्यबाट आफू अघि बढ्ने बताए थापाले भने, ‘जुन विश्वासले मलाई सरकारले यहाँ पठाएको छ । सबैसँगको समन्वय र सहकार्यबाट म अघि बढ्नेछु । तपाईंहरूले राम्रो गरिरहनुभएको छ । ’

    images
    images

    उनले आफूले उच्च शिक्षाको सुरुवात यही विश्वविद्यालयबाट गरेको भन्दै विश्वविद्यालयलाई उत्कृष्ट बनाउन लागिपर्ने बताए । प्रा‍.डा.थापाले भने, ‘यहाँहरूले मलाई कहिल्यै पनि बाहिरबाट आएको नसम्झिदिनुहोला । उच्च शिक्षाको सुरुवात त्रिविबाटै गरेको हुँ । सेवाको क्रममा काठमाडौँ विश्वविद्यालयमा आबद्ध भए । देशको उच्च शिक्षाको मुख्य जिम्मेवारी त्रिविलाई छ । तपाईंहरुसँगै म पनि जिम्मेवारी लिन आएको छु । हाम्रो प्रतिस्पर्धा यहाँ भएका विश्वविद्यालयसँग होइन । संसारसँग गर्नुपर्छ ।’ उनीसँग काठमाडौँ विश्वविद्यालयको उपकुलपति भएर पनि जिम्मेवारी सम्हालेको अनुभव छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend