काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो तीन महिनामा पुँजीगत तर्फ एक रुपैयाँ समेत खर्च गर्न नसकेको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा पुँजीगत तर्फ एक रुपैयाँ समेत खर्च गर्न नसकेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तीन महिनाको प्रगति विवरणमा पुँजीगत तर्फ एक रुपैयाँ समेत खर्च गर्न नसकेको देखिएको छ ।मन्त्रालयको लागि मात्रै चालु आर्थिक वर्षको वार्षिक बजेट चालुतर्फ ५९ करोड ६९ लाख रहेको छ । त्यस्तै पुँजीगत तर्फ २ करोड २२ लाख गरी कुल ६१ करोड ९२ लाख रुपैयाँ बजेट रहेको छ ।
जसमध्ये साउनदेखि असोज मसान्तसम्म चालुतर्फ २९.७१ प्रतिशत र पुँजीगत तर्फ शून्य प्रतिशत खर्च भएको हो । वार्षिक बजेटको तुलनामा चालूतर्फ ९.१६ प्रतिशत खर्च हुँदा पुँजीगतर्फ भने शून्य प्रतिशत खर्च भएको हो ।मन्त्रालयका सूचना अधिकारी नारायण प्रसाद पोखरेलका अनुसार उक्त बजेट मन्त्रालयकै मात्र भएकाले अहिले खर्च नदेखिएको हो ।
मन्त्रालयको चालुतर्फ कम्प्युटर खरिद, ल्यापटप खरिद, मर्मत सम्भार लगायतका कामका लागि खर्च गरिन्छ । तर, मन्त्रालयले पछिल्लो तीन महिनामा त्यस्ता कुनै पनि सामान खरिद नगरेको देखिएको हो ।हरेक सार्वजनिक निकायले प्रत्येक तीन महिनामा आफ्नो प्रगति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ । सोही आधारमा मन्त्रालयले आफ्नो मन्त्रालयको मात्रै प्रगति विवरण सार्वजनिक गर्दै आएको हो ।




.gif)





