images

२०८३ कार्तिक १ गते

images
images
images
  • समाचार
  • मनसुनको सक्रियता सँगै न्यूनीकरणका लागि सरकारको...

मनसुनको सक्रियता सँगै न्यूनीकरणका लागि सरकारको तयारी, २६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

मनसुनको सक्रियता सँगै न्यूनीकरणका लागि सरकारको तयारी, २६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सडक खुलाउन २४ घण्टे योजना,

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भएसँगै निरन्तर वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेका बेला सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ।

    images
    images

    नेपालमा प्रत्येक वर्ष मनसुनका कारण बाढी, पहिरो र डुबानबाट सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति हुने गरेको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू घण्टौंसम्म अलपत्र पर्ने र जनजीवन प्रभावित हुने समस्या दोहोरिँदै आएको छ।

    यद्यपि, मनसुनअघि नै गर्नुपर्ने पूर्वतयारी प्रभावकारी रूपमा नहुँदा हरेक वर्ष धनजनको ठूलो क्षति हुने गरेको भन्दै सरोकारवालाहरूले समयमै तयारीको आवश्यकता औंल्याउँदै आएका छन्।

    images
    images

    सडक विभागको २४ घण्टाभित्र सडक खुलाउने योजना

    यस वर्ष मनसुनका कारण राष्ट्रिय राजमार्ग अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सडक विभागले सडक सञ्चालनलाई प्राथमिकतामा राखेको छ। विभागले अवरुद्ध भएका सडक तथा राजमार्ग २४ घण्टाभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक उपकरण तैनाथ गरिसकेको जनाएको छ।

    सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काका अनुसार डोजर, ह्विल लोडर, एक्स्काभेटर लगायतका भारी उपकरण तथा अन्य आवश्यक मेसिनरी जोखिमयुक्त राजमार्ग र संवेदनशील क्षेत्रमा तयारी अवस्थामा राखिएको छ।

    उनले विगतमा बढी क्षति पुगेका सडकखण्डहरूमा विशेष प्राथमिकताका साथ उपकरण तथा जनशक्ति परिचालनको व्यवस्था गरिएको जानकारी दिए।

    Langtang Rastriya Nikunj.jpg

    मनसुन व्यवस्थापनका लागि गृह मन्त्रालयको कार्ययोजना

    गृह मन्त्रालयले पनि मनसुनको पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। कार्ययोजनाअनुसार यस वर्ष मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार २१९ जना सुरक्षाकर्मी परिचालन गरिनेछ।

    परिचालित हुने जनशक्तिमा

    नेपाली सेनाः ७ हजार ५२४ जना
    नेपाल प्रहरीः १० हजार ५८५ जना
    सशस्त्र प्रहरी बल ८ हजार ११० जना (१३४ जना गोताखोरसहित)

    Langtang Rastriya Nikunj.jpg

    यसका साथै देशभर १ हजार ४०४ जना तालिमप्राप्त स्वयंसेवक परिचालन गरिनेछ भने नेपाल रेडक्रस सोसाइटी ले पनि १२ हजार ६७४ जना स्वयंसेवक तयारी अवस्थामा राखेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    विपद् व्यवस्थापन कोषमा साढे ७ अर्ब रुपैयाँभन्दा बढी

    मनसुनजन्य विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा उद्धार उपलब्ध गराउन केन्द्र, प्रदेश र जिल्ला तहमा विपद् व्यवस्थापन कोष सञ्चालनमा रहेको छ।

    गृह मन्त्रालयका अनुसार उक्त कोषमा हाल ७ अर्ब ५६ करोड २३ लाख ९२ हजार ४४५ रुपैयाँ तथा ८४ हजार ७९७ अमेरिकी डलर मौज्दात रहेको छ।

    सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गरिएको दाबी गरे पनि विगतका अनुभवलाई हेर्दा प्रभावकारी समन्वय, समयमै उद्धार तथा द्रुत सडक सञ्चालन नै यस वर्षको मनसुन व्यवस्थापनको मुख्य परीक्षा हुने देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend