images

२०८३ आश्विन १६ गते

images
images
images

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

‘गन्धर्व संस्कृति कर्खा’ सार्वजनिक

गोरखा

images
images
सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • गोरखा, २२ असार । दैवीकालदेखि नै गाउने संस्कृतिको विरासत बोकेका गन्धर्व समुदायको संस्कृतिहरू समेटिएको कृति विमोचन गरिएको छ । मनिराम गाइने स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘गन्धर्व संस्कृति कर्खा’ नामक पुस्तक आइतबार विमोचन गरिएको हो ।

    images
    images

    मङ्गलप्रसाद गन्धर्वद्वारा लेखिएको सो पुस्तक गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानामगरले विमोचन गर्नुभएको हो । सो पुस्तकका बारेमा गन्धर्व जातिको लोक संस्कृतिका शोधकर्ता प्रा डा कुसुमाकर न्यौपानले प्रकाश पारेका थिए।

    सो पुस्तकमा गन्धर्व जातिको उत्पत्ति, मनिराम गाइनेले नेपाल एकीकरणको समयमा पुर्याएको योगदान, पशुपतिनाथ, गोरखनाथ, मुक्तिनाथ, मनकामना, भैरवी देवीलगायत देवदेवीको मङ्गल, राग धनसिरा, वैशाखमा गाउने मल्हार राग, वसन्त राग, जेठमा गाउने राग, असारे राग, कलवाली राग, रामकली राग, सरुमै रागलगायतका विषयवस्तु पुस्तकमा समेटिएको छ ।

    images
    images

    त्यस्तै दसैँमा गाउने मालश्री, कात्तिकमा गाउने चाँचरी, कृष्णलीला, निर्गुण, पृथ्वीनारायण शाहको, उजीरसिंह थापाको, सर्वजित रानाको, बुद्धिवल रानाको कर्खा, जङ्गबहादुर राणाको सवाई, चन्द्रशम्शेरको सवाई, गोरखा उदय गीत, दरबार हत्याकाण्डको, इराक घटनाको, जेनजी घटनाको सवाईलगायत विषयवस्तु पुस्तकमा समेटिएको छ । एक सय चार पृष्ठ रहेको सो पुस्तकमा गन्धर्वका ५५ वटा शीर्षकमा सांस्कृतिक विषयवस्तु सङ्ग्रहित छन् ।

    बिसे नगर्चीका समकालीन मनिराम गाइनेले पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानमा सारङ्गी रेट्दै आर्थिक सङ्कलन गरेको तथा विभिन्न राज्यमा गएर त्यहाँको आन्तरिक सूचना पृथ्वीनारायण शाहमा पुर्याएर योगदान गरेको इतिहासमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend