images

२०८३ कार्तिक १ गते

images
images
images
  • समाचार
  • ३६ लाख मूल्यका भन्सार छलीका सामान...

३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद

३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • मोरङ, १९ असार । सशस्त्र प्रहरी बल नेपालले मोरङका विभिन्न स्थानबाट रु ३६ लाख नौ हजार बराबरका भन्सार छलीका सामान बरामद गरेको छ ।

    images
    images

    सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–१ बरगाछी क्षेत्रमा सडक छेउमा लोड गर्न तयारी अवस्थामा राखिएको रु ३० लाख ८४ हजार बराबरको मल्टिभिटामिन औषधि बरामद गरेको जनाएको छ ।

    मोरङको दरैया र मटेरुवा क्षेत्रबाट भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको दुई वटा सिटी सफारीमा लोड गरिएको भारतीय वनस्पति घ्यू र २० प्याकेट पुटिन बरामद गरिएको छ । 

    images
    images

    सवारीसाधन सहित बरामद गरिएको उक्त सामानको मूल्य रु पाँच लाख २५ हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend