images

२०८३ आश्विन १६ गते

images
images
images

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • मुस्ताङ, १९ असार । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । 

    images
    images

    राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । कूल भित्रिएका विदेशी पर्यटकमध्ये ९८ दशलमव ०२ प्रतिशत सार्क राष्ट्र तथा एक दशमलव ९७ प्रतिशत अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिएका छन् । जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको उनले बताएका छन् ।

     सन् २०२६ को मे महिनामा ६५ हजार ९९४ विदेशी पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए । यसरी भित्रिएका पर्यटकमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ तथा अन्य राष्ट्रका चार हजार १९६ जना रहेका छन् । एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२५ को जुन महिनामा कुल २० हजार ८६८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सो महिनामा सार्क राष्ट्रबाट १९ हजार ६४९ र अन्य मुलुकबाट एक हजार २०९ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

    images
    images

     एक्याप प्रमुख गुप्तका अनुसार सन् २०२५ को जुन महिनाको तुलनामा सन् २०२६ को जुन महिनामा मात्रै मुस्ताङ जिल्लामा ५९ हजार ३९५ विदेशी पर्यटकको यहाँ आगमनमा वृद्धि भएको थियो ।  सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा दुई लाख २२ हजार ९९२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये सार्कतर्फ दुई लाख आठ हजार ११ जना र अन्य राष्ट्रतर्फ १४ हजार ९८१ जना रहेका एक्याप प्रमुख गुप्तले जानकारी दिएका छन् ।

    यसअघि सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९८ हजार ४८१ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । एक्याप कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ को तुलनामा सन् २०२६ जुनसम्मको ६ महिना अवधिमा  एक लाख २४ हजार ५११ जनाले मुस्ताङको भ्रमण गरेका थिए ।

    एक्याप जोमसोम कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म कूल एक लाख ६१ हजार १४२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सन् २०२६ मा भारतीय पर्यटकको मुस्ताङ आगमन अत्यधिक रुपमा वृद्धि भएको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका एक्यापको तथ्याङ्कमा उल्लेख छ । छिमेकी देश भारतबाट उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका एक्याप प्रमुख गुप्तले बताएका छन् ।

    मुस्ताङ भित्रिएका भारतीय पर्यटकमध्ये ५० प्रतिशतले आफ्नै देशबाट निजी सवारीसाधन लिएर मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएका भारतीय पर्यटकको उपस्थितले मुस्ताङसहित म्याग्दी, बाग्लुङ र पोखराका होटल पर्यटकले भरिभराउ छन् । मुस्ताङ आएका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेका पाइएको छ ।

    यसैगरी अन्य राष्ट्रका पर्यटक भने राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिने गरेका छन भने कतिपय अन्य राष्ट्रका विदेशी पर्यटक पोखरा–जोमसोम हवाईमार्ग र बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने गर्छन । एक्याप लोमान्थाङका अनुसार मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend