images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • नेपाल–भारतको संयुक्त पहल, मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा...

नेपाल–भारतको संयुक्त पहल, मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा सहकार्य

नेपाल–भारतको संयुक्त पहल, मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा सहकार्य

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । झापाको मेचीनगर–४ बाहुण्डाँगीसहित सीमावर्ती क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएको मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि नेपाल र भारतका स्थानीय सरोकारवालाले संयुक्त पहल अघि बढाएका छन्। सीमापार आवतजावत गर्ने जङ्गली हात्तीका कारण हुने जनधनको क्षति कम गर्न दुवै देशका निकायबीच साझा कार्ययोजना बनाउने विषयमा भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लाको नक्सालबारीमा छलफल गरिएको हो।

    images
    images

    बैठकमा मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधानका लागि स्थानीय सरकार, वन प्रशासन, सुरक्षा निकाय तथा संरक्षण संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको छ। मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सीमापारको साझा समस्याको समाधान पनि संयुक्त प्रयासबाट मात्रै सम्भव हुने बताउँदै बाहुण्डाँगी क्षेत्रका बासिन्दा वर्षौंदेखि हात्तीको त्रासमा बाँचिरहेको उल्लेख गरे।

    संविधानसभा सदस्य रविन कोइरालाले सीमावर्ती नागरिकको सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै नेपाल–भारतका सम्बन्धित निकायबीच नियमित समन्वय संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

    images
    images

    भारततर्फका खर्साङ फरेस्ट डिभिजनका डिभिजनल फरेस्ट अफिसर (डीएफओ) दिवेश पाण्डेले जङ्गली हात्तीले राजनीतिक सीमा नचिन्ने भएकाले संरक्षण र व्यवस्थापन पनि सीमापार सहकार्यमा आधारित हुनुपर्ने धारणा राखे। उनले नियमित सूचना आदानप्रदान, संयुक्त अनुगमन तथा वैज्ञानिक व्यवस्थापनमार्फत मानव–हात्ती द्वन्द्व घटाउन भारतका निकाय प्रतिबद्ध रहेको बताए।

    पर्यटन अभियन्ता राज बसुले सीमावर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्नु नै दीर्घकालीन समाधानको आधार भएको बताए।

    छलफलमा भारतको एसएसबी, वन प्रशासन, स्थानीय सरकार, संरक्षण क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधि तथा नेपाल–भारतका अन्य सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले सीमापार समन्वयलाई प्रभावकारी बनाउन सके मानवको सुरक्षा सुनिश्चित गर्नुका साथै हात्ती संरक्षणको दीर्घकालीन लक्ष्यसमेत हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend