images

२०८३ आश्विन १६ गते

images
images
images

बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु

बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु

भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान आजदेखि बर्दियाबाट औपचारिक रूपमा सुरु गरेको छ।

    images
    images

    अभियानअन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको मन्त्रालयले जनाएको छ।

    सरकारले भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्दै दीर्घकालीन रूपमा भूमिसम्बन्धी समस्या समाधान गर्ने लक्ष्यसहित अभियानलाई देशव्यापी रूपमा अघि बढाएको जनाएको छ। मन्त्रालयका अनुसार वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी स्वामित्व दिलाउन लालपुर्जा वितरण अभियानलाई थप प्रभावकारी बनाइनेछ।

    images
    images

    भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट सुरु भएको अभियानलाई क्रमशः देशभर विस्तार गरिने जानकारी दिइन्।

    उनले वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै लालपुर्जा वितरणले सामाजिक न्याय, आर्थिक सशक्तीकरण तथा सुरक्षित बसोबास सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

    मन्त्रालयका अनुसार आगामी दिनमा अन्य जिल्लामा पनि नापजाँच, लगत संकलन र आवश्यक प्रक्रिया पूरा गर्दै योग्य लाभग्राहीलाई क्रमिक रूपमा लालपुर्जा वितरण गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend