images

२०८३ कार्तिक २ गते

images
images
images

यस वर्ष कामपामा विपद्का घटनामा कमी

यस वर्ष कामपामा विपद्का घटनामा कमी

images
images
शुक्रवार, आषाढ १९ २०८३
शुक्रवार, आषाढ १९ २०८३
  • काठमाडौँ, १९ असार । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ । अघिल्लो आवमा कामपामा जम्मा ४२५ विभिन्न शीर्षकमा विपद्का घटना घटेका थिए भने चालु आवको जेठसम्ममा ३४७ मात्र विपद्का घटना भएको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिएका छन्। 

    images
    images

    प्रमुख नेपालका अनुसार कामपामा हुने विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीजन्य घटना हुने गरेको र पछिल्लो समय कामपाले सम्बन्ध भएका निकायसँगको सहकार्यमा प्रत्येक दिन तार व्यवस्थापनको काम गरेकाले आगलागीजन्य विपद्का घटनामा कमी आएको छ ।

    उनका अनुसार आगलागीका घटना धेरै हुने गरेका छन् । ग्यास चुहावट भएर हुने आगलागी र विद्युत् पोलमा धेरै तारहरू अव्यवस्थित रूपमा राख्दा आगलागीका घटना बढी हुने गरेका हुन् । यस्ता घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग छलफल तथा समन्वय अगाडि बढाइएको बताइएको छ ।

    images
    images

    त्यसैगरी, म्याद गुज्रेका ग्यास सिलिन्डरको प्रयोग, ग्यास पाइप र रेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटना बढिरहेको महानगरको निष्कर्ष छ । टोलटोलमा जनचेतना, विगतमा एक स्थानबाट मात्रै दमकल सेवा दिँदै आएकामा हाल तीन स्थानबाट सेवा प्रवाहजस्ता काम अगाडि बढाइएकाले आगामी दिनमा यस्ता घटनामा कमी आउने कामपाको विश्वास रहेको छ ।

    कामपाले अहिले ३२ वटै वडामा चार समूहलाई परिचालन गरेर केवल प्रदायक संस्था र कामपा प्रहरीको सहकार्यमा तार व्यवस्थापनको काम तीव्र रूपमा गरिरहेको छ । तार व्यवस्थापन गरिएकामा स्थानमा सडक पोलमा एकापसमा तार ठोक्किएर हुने आगलागीका घटनामा कमी आएको छ ।

    “डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा तयारी अवस्थामा राखिएको छ”, विपद् पूर्वतयारीका विषयमा कुरा गर्दै नेपालले भनेका छन् ,  “डुबानमा परेकाको उद्धार कसरी गर्ने भनी कृत्रिम अभ्यास, उद्धारकै लागि आवश्यक पर्ने मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाललगायतका सामग्री तयारी अवस्थामा राखिएको छ ।”

    मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिसकेको उनले जानकारी दिएका छन् ।  पछिल्लो समय काठमाडौँमा बढ्दो सहरीकरण, ढलान प्रक्रिया, सरोकारवाला निकायको छलफलबिना नै सडक खन्ने र पुर्ने कार्यले गर्दा धेरै नदीजन्य विपद्का घटना हुने गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend