images

२०८३ कार्तिक २ गते

images
images
images

मन्त्रिपरिषद्का ९ महत्वपूर्ण निर्णय

मन्त्रिपरिषद्का ९ महत्वपूर्ण निर्णय

सरुवादेखि राष्ट्रिय नीतिसम्म स्वीकृत

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न मन्त्रालयका प्रस्तावमाथि निर्णय गर्दै नौवटा महत्वपूर्ण निर्णय गरेको छ।

    images
    images

    सरकारले प्रहरी प्रशासन, शिक्षा, सञ्चार, सुशासन तथा कानुन संशोधनसँग सम्बन्धित विभिन्न प्रस्ताव स्वीकृत गरेको हो।

    मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू यस्ता छन् 

    images
    images

    १. नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने।

    २. विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई      नियुक्त गर्ने।

    ३. कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने।

    ४. शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।

    ५. गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावल (कैलाली) लाई नियुक्त गर्ने।

    ६. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगाना (मोरङ) लाई नियुक्त गर्ने।

    ७. अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने। साथै,         समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा         पेश गर्न स्वीकृति दिने।

    ८. राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्ने।

    ९. राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने।

    सरकारका अनुसार यी निर्णयले सार्वजनिक प्रशासन, सुशासन, शिक्षा, सञ्चार, कानुनी सुधार तथा संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend