images

२०८३ कार्तिक २ गते

images
images
images

कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक स्थगित

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • कर्णाली, १८ असार । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको १९औँ बैठक आज पनि स्थगित भएको छ ।

    images
    images

    प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहित राप्रपालगायतका दलका प्रदेशसभा सदस्यहरुको अवरोधपछि बैठक स्थगित भएको हो । सभा सञ्चालनको आकस्मिक समयमै बोल्दै प्रदेशसभा सदस्य सन्तोषी शाहीले ‘बैंक खाता छोरीको सुरक्षा जीवनभरिको’,  उच्च शिक्षा अध्ययनमा सघाउने र आर्थिक सुरक्षा तथा सामाजिक न्याय हुने जनपक्षीय कार्यक्रम अलपत्र पारेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    आव २०७६।७७ मा रु तीन करोड ८४ लाख र आव २०७७।७८ मा रु ६ करोड स्थानीय तहमार्फत ११ हजार ४१५ छोरीहरुको बैंक खातामा करोडौँ रकम जम्मा भइसकेको तथा उनीहरुको भविष्यसँग प्रत्यक्ष जोडिएको कार्यक्रमलाई निरन्तरता नदिनुको वास्तविक आधार र कारण के हो ? भन्दै उनले प्रदेश सरकारलाई प्रश्न गरे । 

    images
    images

    प्रदेशसभा सदस्य शाहीले कार्यक्रम अचानक बन्द हुँदा बैंकमा मौज्दात राज्यको करोडौँ रुपैयाँ तथा लाभग्रही छोरीहरुको हक र अधिकारको संरक्षण तथा व्यवस्थाको जिम्मेवारी कसले बहन गर्छ ? बैंक खाता छोरीको कार्यक्रम कार्यान्वयनको खाका तयार नभएसम्म प्रदेशसभा अगाडि बढ्न नसक्ने भन्दै सरकारसँग जवाफ माग गरेपछि प्रतिपक्षी दलका सबै सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।

    बैठक अवरुद्ध भए पनि सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहलाई कणाली प्रदेश आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम १४८ को उपनियम १ बमोजिम सभासमक्ष प्रस्ताव राख्न अनुमति दिए । कार्यसूचीअनुसार उनले सभाको कारबाही अगाडि बढाएपछि प्रतिपक्षी दलका सदस्यहरुले आर्थिकमन्त्री शाहलाई रोष्टमा जान नदिएर बेल घेराउ गरेका थिए । तत्पश्चात् सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend