images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • इन्टरनेट अवरुद्ध हुँदा प्रतिनिधिसभा बैठकको प्रत्यक्ष...

इन्टरनेट अवरुद्ध हुँदा प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन

इन्टरनेट अवरुद्ध हुँदा प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण हुन सकेन

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको प्रत्यक्ष (लाइभ) प्रसारण हुन सकेन। बिहानैदेखि देखिएको इन्टरनेट समस्याका कारण बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध भएको हो।

    images
    images

    संसद सचिवालयका अनुसार इन्टरनेटमा आएको प्राविधिक समस्याका कारण बैठक लाइभ गर्न नसकिएको हो। समस्या समाधानका लागि प्राविधिक टोलीले प्रयास गरिरहेको भए पनि समाचार तयार पार्दासम्म समस्या पूर्ण रूपमा समाधान हुन सकेको थिएन।

    चार दिनपछि बसेको प्रतिनिधिसभा बैठक प्रत्यक्ष हेर्न चाहने दर्शकले इन्टरनेट अवरोधका कारण लाइभ प्रसारणबाट वञ्चित हुनुपरेको छ।

    images
    images

    संसद सचिवालयले प्राविधिक समस्या समाधान भएपछि नियमित प्रसारण प्रणाली पुनः सञ्चालनमा आउने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend