images

२०८३ आश्विन १७ गते

images
images
images

सिटिजन्स बैंकद्वारा बारामा निःशुल्क आँखा शिविर

सिटिजन्स बैंकद्वारा बारामा निःशुल्क आँखा शिविर

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाराको विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ।

    images
    images

    ‘स्वस्थ दृष्टि, उज्यालो भविष्य’ भन्ने लक्ष्यका साथ सञ्चालन गरिएको शिविरमार्फत समुदायका नागरिकलाई गुणस्तरीय नेत्र स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराइएको बैंकले जनाएको छ।

    बैंकका अनुसार शिविरमा करिब ८०० जना सेवाग्राहीले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन् । परीक्षणका क्रममा करिब १५० जना मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया समेत गरिएको छ।

    images
    images

    असार १२ देखि १६ गतेसम्म सञ्चालन भएको शिविर बरैनियाँ, छतवा, मुसहरवा, बलिरामपुर तथा नकटुवालगायतका क्षेत्रमा आयोजना गरिएको थियो।

    बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा नागरिकको जीवनस्तर अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend