images

२०८३ आश्विन १६ गते

images
images
images

साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा सुरुङमार्ग

साउनदेखि सञ्चालनमा आउने तयारीमा नागढुंगा सुरुङमार्ग

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालनअघि गरिनुपर्ने प्राविधिक परीक्षण, सुरक्षा प्रणालीको मूल्याङ्कन तथा उपकरण परीक्षणलाई तीव्रता दिइएको छ।

    images
    images

    परियोजनाका अनुसार सुरुङमार्ग सञ्चालन तथा नियमित मर्मतसम्भारका लागि प्रयोग हुने विशेष सवारीसाधन र उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ। परीक्षणका क्रममा नियमित निरीक्षण, सरसफाइ, मर्मतसम्भार, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने उपकरणहरूको कार्यक्षमता मूल्याङ्कन गरिएको छ।

    यसैगरी, सुरुङभित्र जडान गरिएका भेन्टिलेसन प्रणाली, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, सञ्चार प्रणाली, सीसीटीभी निगरानी, ट्राफिक व्यवस्थापन प्रणाली लगायतका सुरक्षा पूर्वाधारको अन्तिम परीक्षण पनि जारी रहेको परियोजनाले जनाएको छ। सबै परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिनेछ।

    images
    images

    नागढुंगा सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यस परियोजनाको मुख्य निर्माण जिम्मा जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले लिएको हो। परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ।

    करिब २.६८ किलोमिटर लामो मुख्य सुरुङसँगै आपत्कालीन उद्धारका लागि छुट्टै सुरुङ पनि निर्माण गरिएको छ। साथै पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरूको निर्माणसमेत सम्पन्न भइसकेको छ।

    सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डको ट्राफिक जाम घट्ने, काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनको यात्रा समय छोटिने तथा आवागमन थप सुरक्षित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend