images

२०८३ आश्विन १६ गते

images
images
images

फोन नम्बर बिना नै च्याट गर्न मिल्ने सुविधा ल्याउँदै व्हाट्सएप

फोन नम्बर बिना नै च्याट गर्न मिल्ने सुविधा ल्याउँदै व्हाट्सएप

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । लोकप्रिय मेसेजिङ प्लेटफर्म व्हाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप मजबुत बनाउन फोन नम्बरको सट्टा युजरनेम मार्फत च्याट गर्न सकिने नयाँ सुविधा ल्याउने भएको छ।

    images
    images

    कम्पनीका अनुसार यो सुविधा आगामी केही महिनामा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तामाझ उपलब्ध गराइनेछ। हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम पहिले नै सुरक्षित (रिजर्भ) गर्न सक्नेछन्, जुन सुविधा पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउनेछ।

    व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमार्फत यो अपडेटको उद्देश्य प्रयोगकर्ताको गोपनीयता बढाउनु रहेको जनाएको छ। विशेषगरी अपरिचित व्यक्तिसँगको संवाद, ठूला समूह च्याट तथा व्यवसायसँगको सम्पर्कमा अब फोन नम्बर सार्वजनिक गर्नुपर्ने आवश्यकता रहने छैन।

    images
    images

    कम्पनीले भनेको छ, “नयाँ व्यक्तिसँग भेट हुँदा फोन नम्बर साझा गर्नु ठूलो निर्णय हुन सक्छ। त्यसैले अब केवल कुराकानी गर्न फोन नम्बर अनिवार्य हुने छैन।”

    सुरक्षालाई थप सुदृढ बनाउन कम्पनीले ‘युजरनेम कि’ नामक अतिरिक्त सुरक्षा प्रणाली पनि ल्याउने तयारी गरेको छ। यसअन्तर्गत कसैसँग सम्पर्क गर्न युजरनेमसँगै थप सुरक्षा कोड आवश्यक पर्नेछ, जसले अनधिकृत सम्पर्कको जोखिम कम गर्ने कम्पनीको विश्वास छ।

    व्हाट्सएपका अनुसार नयाँ प्रणालीमा सार्वजनिक डाइरेक्टरी वा सर्च सुझाव नहुने भएकाले अनावश्यक सन्देश आउने सम्भावना पनि कम हुनेछ।

    प्रयोगकर्ताले अधिकतम ३५ अक्षरसम्मको युजरनेम राख्न सक्नेछन्। युजरनेममा अक्षर, अंक, डट र अन्डरस्कोर प्रयोग गर्न मिल्नेछ। साथै, प्रयोगकर्ताले आवश्यकताअनुसार आफ्नो युजरनेम परिवर्तन वा हटाउन पनि सक्नेछन्।

    यस्तै, व्यवसाय तथा कन्टेन्ट क्रिएटरहरूले मेटा अन्तर्गतका अन्य प्लेटफर्म, जस्तै इन्स्टाग्राम र फेसबुक मा प्रयोग हुने एउटै युजरनेम व्हाट्सएपमा पनि सुरक्षित गर्न सक्ने सुविधा पाउनेछन् ।

    कम्पनीका अनुसार यो सुविधा पनि चरणबद्ध रूपमा विस्तार गरिनेछ र उपलब्ध भएपछि प्रयोगकर्तालाई एपभित्र (इन–एप) सूचना पठाइनेछ। (एएनआई)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend