काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) दिउँसो २ बजे बस्ने भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। सरकारका प्रवक्ताका अनुसार बैठकमा समसामयिक प्रशासनिक, नीतिगत तथा अन्य महत्त्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यद्यपि, बैठकका औपचारिक एजेन्डा भने सार्वजनिक गरिएको छैन।
बैठकबाट विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्ताव, नियुक्ति, नीतिगत निर्णय तथा समसामयिक विषयमा आवश्यक निर्णय हुन सक्ने अनुमान गरिएको छ।




.gif)





