images

२०८३ आश्विन १६ गते

images
images
images

स्थानीयवासीका सहयोगमा प्रहरी भवन पुनर्निर्माण

स्थानीयवासीका सहयोगमा प्रहरी भवन पुनर्निर्माण

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • कास्की, १८ असार । पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा पुनर्निर्माण गरिएको छ । 
       
    गत  भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको सक्रियताबाट पुनर्निर्माण भर्ई  हस्तान्तरण गरिएको छ ।

    images
    images

    आन्दोलनको क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन स्थानीयकै पहलमा पुनः सञ्चालनयोग्य बनेपछि समुदाय र प्रहरीबीचको सहकार्यको उदाहरणका रूपमा हेरिएको छ ।

    पोखरा महानगरपालिका २८, २९ र ३० नम्बर वडाको पहलमा गठन गरिएको पुनर्निर्माण समितिले करिब रु  पाँच लाख बराबरको लागतमा भवनको मर्मत तथा पुनर्निर्माण सम्पन्न गरेको हो । समितिका अध्यक्ष कुशल गुरुङको नेतृत्वमा स्थानीयवासी, समाजसेवी तथा विभिन्न पक्षको सहयोग जुटाएर भवनलाई पुनः प्रयोगयोग्य बनाइएको थियो ।

    images
    images

    पुननिर्मित भवन जिल्ला प्रहरी कार्यालय कास्कीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी केवल प्रहरीको मात्र नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताएका छन् । 

    “समुदाय र प्रहरीबीच विश्वास, सहकार्य र सहभागिता बलियो हुँदा मात्रै समाजमा दिगो शान्ति, अमनचयन र कानुनी शासन स्थापित गर्न सकिन्छ । आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको प्रहरी भवन पुनर्निर्माणका लागि स्थानीय समुदायले देखाएको अग्रसरताले नागरिक प्रहरी साझेदारी र सम्बन्धलाई थप सुदृढ बनाउँछ ।” प्रहरी उपरीक्षक कार्कीले भनेका छन् । 

    निर्माण समितिका संयोजक कुशलले प्रहरी कार्यालय स्थानीय नागरिकको सुरक्षासँग प्रत्यक्ष जोडिएको संस्था भएकाले यसको पुनर्निर्माणलाई सामाजिक उत्तरदायित्वका रूपमा लिएको बताएका छन् । 

    “सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको साझेदारी अझ सुदृढ बनाउन यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्नेछ।” उनले भने ।  गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा वडा प्रहरी कार्यालय गगनगौडामा आगजनी तथा तोडफोड हुँदा भवनमा क्षति पुगेको थियो । 
     
    त्यसयता अस्थायी व्यवस्थापन मार्फत सेवा सञ्चालन हुँदै आएकोमा स्थानीय समुदायको सहयोगमा भवन पुनर्निर्माण सम्पन्न भएपछि प्रहरी सेवा अझ व्यवस्थित र प्रभावकारी विश्वास स्थानीयले गरेका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend