काठमाडौँ, १८ असार । देशभर मनसुनी वायु सक्रिय रहँदा अधिकांश स्थानमा बदली भएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईसहित पहाडी क्षेत्रमा वर्षा भइरहेको छ भने आज बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मेघगर्जन, चट्याङ र वर्षाका कारण सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ।




.gif)



