काठमाडौँ, १८ असार । आज बिहीबार, असार कृष्ण पक्षको तृतीया तिथि तथा विश्व खेलकुद पत्रकार दिवस परेको छ। हिन्दू धर्मअनुसार बिहीबार भगवान श्रीहरि विष्णु, देवी लक्ष्मी तथा देवगुरु बृहस्पतिको आराधना गर्ने विशेष दिन मानिन्छ।
धार्मिक मान्यताअनुसार आज व्रत तथा पूजा गरे धन, विद्या, सन्तान र सुख–समृद्धि प्राप्त हुने विश्वास छ। विष्णु र लक्ष्मीको कृपा प्राप्त गर्न बिहान स्नान गरी पहेँलो वस्त्र धारण गर्ने, पहेँलो फूल र चन्दन अर्पण गरी पूजा गर्ने तथा ‘ऊँ गुरवे नमः’ मन्त्रको कम्तीमा पाँच माला जप गर्ने परम्परा छ।
यो व्रत लगातार १३ महिना वा कम्तीमा सात महिनासम्म गर्ने धार्मिक मान्यता रहेको छ। अनुराधा नक्षत्र परेको शुक्ल पक्षको पहिलो बिहीबारबाट व्रत सुरु गर्न अझ शुभ मानिने विश्वास छ।




.gif)





