images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • मानसिक अस्पताल लगनखेलमा अनलाइन ओपीडी टिकट...

मानसिक अस्पताल लगनखेलमा अनलाइन ओपीडी टिकट सेवा सुरु

मानसिक अस्पताल लगनखेलमा अनलाइन ओपीडी टिकट सेवा सुरु

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । मानसिक अस्पताल लगनखेलले सेवाग्राहीको सुविधा र सेवा प्रवाहलाई थप सहज बनाउन अनलाइन ओपीडी टिकट सेवा सञ्चालनमा ल्याएको छ।

    images
    images

    नेपाल सरकारको शासकीय सुधार कार्यसूची अन्तर्गत अस्पतालले सुरु गरेको यस प्रणालीमार्फत अब बिरामीले अस्पतालको वेबसाइटबाटै ओपीडी टिकट लिन र डिजिटल माध्यमबाट शुल्क भुक्तानी गर्न सक्नेछन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि मन्त्रालयको अनुगमन टोलीले अस्पतालको निरीक्षण गर्दै अनलाइन सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको थियो।

    images
    images

    अस्पतालका अनुसार नयाँ व्यवस्थासँगै टिकट लिन अस्पतालमा लामो लाइन बस्नुपर्ने बाध्यता हट्नेछ भने सेवा थप सहज, छरितो र पारदर्शी बन्ने अपेक्षा गरिएको छ।

    सार्वजनिक बिदाबाहेक अन्य दिन ओपीडी सेवा बिहान ९ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ। अनलाइन टिकट लिएका बिरामीलाई बिहानको सेवाका लागि ९:३० देखि १२:३० बजे तथा दिउँसोको सेवाका लागि २:३० देखि ४:३० बजेभित्र अस्पतालमा उपस्थित हुन अस्पतालले अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend