images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • ड्राइभिङ लाइसेन्स शुल्क दोब्बर, साउन १...

ड्राइभिङ लाइसेन्स शुल्क दोब्बर, साउन १ देखि नयाँ दर लागू

ड्राइभिङ लाइसेन्स शुल्क दोब्बर, साउन १ देखि नयाँ दर लागू

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। आर्थिक वर्ष २०८३।८४ को आर्थिक विधेयकमार्फत लाइसेन्स आवेदन, नवीकरण तथा वर्ग थप गर्ने दस्तुर लगभग दोब्बर बनाइएको हो।

    images
    images

    नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुनेछ। त्यसपछि बागमती प्रदेशमा लाइसेन्स लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीले हालको तुलनामा धेरै शुल्क तिर्नुपर्नेछ।

    नयाँ दरअनुसार लाइसेन्स आवेदन शुल्क ५०० रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ पुर्‍याइएको छ। मोटरसाइकल तथा स्कुटर (ए वर्ग) को लाइसेन्स र नवीकरण शुल्क १ हजार ५०० रुपैयाँबाट ३ हजार रुपैयाँ कायम गरिएको छ।

    images
    images

    त्यस्तै कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) को शुल्क २ हजारबाट ४ हजार रुपैयाँ, ट्र्याक्टर (ई वर्ग) र मिनीबस–मिनी ट्रक (एफ वर्ग) को शुल्क २ हजार ५०० बाट ५ हजार रुपैयाँ पुर्‍याइएको छ।

    ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर र ग्रेडर समेटिने जीदेखि जे वर्गसम्म को लाइसेन्स तथा नवीकरण शुल्क ३ हजारबाट ६ हजार रुपैयाँ कायम गरिएको छ।

    लाइसेन्समा नयाँ वर्ग थप गर्न चाहने सेवाग्राहीका लागि पनि शुल्क वृद्धि गरिएको छ। एदेखि एफ वर्गसम्म वर्ग थप गर्दा ५०० रुपैयाँको सट्टा १ हजार रुपैयाँ र जीदेखि जे वर्गसम्म १ हजार रुपैयाँको सट्टा २ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।

    शुल्कमा उल्लेख्य वृद्धि भए पनि लाइसेन्सको वैधता अवधि भने हालकै १० वर्ष कायम राखिएको बागमती प्रदेश सरकारले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend