images

२०८३ कार्तिक २ गते

images
images
images

मधेस प्रदेशसभा बैठक बस्दै

मधेस प्रदेशसभा बैठक बस्दै

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • जनकपुरधाम, १७  असार । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३।८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।

    images
    images

    विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ः०० बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए । प्रदेशसभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेकोे उहाँले बताए ।
     
    मधेस प्रदेश सरकारले आगामी आव २०८३।८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३।८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend