images

२०८३ आश्विन १७ गते

images
images
images

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन,

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन,

images
images
बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ। मन्त्रिपरिषद्को गत चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी विस्तार गर्ने कार्यक्रमअनुसार सेवा सुरु गरिएको हो।

    images
    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई गुणस्तरीय औषधि सहुलियत मूल्यमा उपलब्ध गराई उपचार खर्च घटाउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालन गरिएको हो।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालबाटै आवश्यक औषधि सहज र सस्तो मूल्यमा उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएपछि वीर अस्पताल र ट्रमा सेन्टरमा सेवा सुरु भएको मन्त्रालयले जनाएको छ।

    images
    images

    अब यी अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै प्राप्त गर्न सक्नेछन्। मन्त्रालयले शासकीय सुधार कार्यक्रमअन्तर्गत देशभरका सरकारी अस्पतालमा समेत सुलभ फार्मेसी सेवा विस्तार गर्न निर्देशन दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend