images

२०८३ आश्विन १६ गते

images
images
images
  • मूख्य समाचार
  • नुवाकोटको विदुरदेखि धादिङको खनियाबास पुग्ने सडक...

नुवाकोटको विदुरदेखि धादिङको खनियाबास पुग्ने सडक कालोपत्र हुँदै

नुवाकोटको विदुरदेखि धादिङको खनियाबास पुग्ने सडक कालोपत्र हुँदै

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौंः नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गरिने भएको छ । बागमती मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गरे ।

    images
    images

    ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरण सँग जोड्दै कृषि उब्जनीको बजारीकरण मार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे ।

    ‘अहिले विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगने सम्म १० किलोमिटर सडक मध्ये चालु आर्थिक वर्षमा चार किमी कालोपत्र गर्न लागिएको छ,’ उनले भने, ‘बाँकी रहने थप ६ किमी सहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आगामी आर्थिक वर्षमा बजेट सुनिश्चित गरिने छ ।’

    images
    images

    गत जेठ १८ गते भएको सम्झौता अनुसार ४ किमी सडक विस्तारका लागि १४ करोड ६१ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । सो कार्य उक्त कम्पनीले १८ महिना भित्र सम्पन्न गनुपर्ने उल्लेख छ । बहुवर्षीय ठेक्का भएकाले चालु आवमा ८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ भने बाँकी रकम सहित तोकिएको गन्तव्य सम्म पुर्याउन अपुग रकम अर्को वर्ष विनियोजन हुने पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख रोशन पाठकले जानकारी दिए ।

    ‘राईसिं–हर्कपुर–गोगने सडकखण्ड’लाई धादिङको खनियाबास जोडेर धादिङका विकटमा पर्ने पालिका र नुवाकोटको म्यागङ गाउँपालिकाका ५० हजार भन्दा बढी स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख रहेको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

    हाल उक्त कच्ची सडकमा यात्रु बाहक सवारी साधन हिँडाउन जोखिमको कारण कठिनाइ भएकाले सडक कालोपत्र पश्चात गाउँगाउँका बस्तीमा गाडी चलाउन, कृषि उब्जनीलाई बजार पुर्याउन र दैनिक उपभोग्य सामग्री गाउँ लैजान उक्त सडक निकै लाभदायक हुने नगर प्रमुख श्रेष्ठको भनाइ छ । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend