images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो, सामाजिक...

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो, सामाजिक सञ्जाल मुख्य माध्यम

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो, सामाजिक सञ्जाल मुख्य माध्यम

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । वैदेशिक रोजगारीको आकर्षण देखाएर युवालाई ठगी गर्ने घटना बढ्दै गएको छ। रौतहटका हुसेन राय यादवले दुई छोरालाई मलेसिया पठाउने भन्दै एजेन्टलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ बुझाए पनि एजेन्ट सम्पर्क विहीन भएपछि ठगीमा परेका छन्। उनीसँगै दर्जनौं युवाले पनि लाखौं रुपैयाँ गुमाएका छन्।

    images
    images

    पीडितहरूका अनुसार एजेन्टहरूले भिसा, टिकट र रोजगारीको प्रलोभन देखाएर रकम उठाउने तर उडानको दिन सम्पर्क विहीन हुने गरेका छन्। कतिपयले सामाजिक सञ्जालमा आएको विज्ञापनको भरमा ग्रिस, क्यानडा लगायतका देश पठाइदिने भन्दै ७ लाखदेखि १८ लाख रुपैयाँसम्म बुझाएर ठगीमा परेको बताएका छन्।

    वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म व्यक्तिगत वैदेशिक रोजगारी ठगीका ४ हजार ९७३ उजुरी दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ५ हजार ६३२ थियो। विभागका अनुसार दैनिक करिब ३० वटा उजुरी दर्ता हुने गरेका छन्।

    images
    images

    विभागको मुद्दा तथा अनुसन्धान शाखाले पछिल्लो समय हुने ८० देखि ९० प्रतिशत ठगी सामाजिक सञ्जालमार्फत हुने जनाएको छ। धेरै पीडितले एजेन्टलाई प्रत्यक्ष भेट्नसमेत नपाई बैंक खातामा रकम जम्मा गर्ने गरेको पाइएको छ।

    विभागले वैदेशिक रोजगारीमा जानुअघि इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन, सामाजिक सञ्जालको विज्ञापनमा विश्वास नगर्न र रकम बुझाउनु अघि सबै कागजात तथा स्वीकृति अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ।

    विभागका अधिकारीहरूका अनुसार ठगीमा संलग्न मुख्य गिरोहले विभिन्न व्यक्तिका बैंक खाता प्रयोग गर्ने र विदेशमा बसेर सञ्चालन गर्ने भएकाले मुख्य दोषीलाई कानुनी दायरामा ल्याउन चुनौती भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend