images

२०८३ आश्विन १६ गते

images
images
images

आइतबार सूर्यदेवको आराधना पूजा, मन्त्रजप र धार्मिक महत्व

आइतबार सूर्यदेवको आराधना पूजा, मन्त्रजप र धार्मिक महत्व

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौँ १४ असार । आज जेठ शुक्ल पक्षको चतुर्दशी तिथि परेको छ। हिन्दू धर्मशास्त्रअनुसार आइतबार सूर्यदेवको आराधना गर्ने विशेष दिन मानिन्छ।

    images
    images

    वैदिक परम्पराअनुसार सूर्यलाई प्रत्यक्ष देखिने देवताको रूपमा पूजा गरिन्छ। सूर्यदेवको उपासना गर्दा आत्मबल, स्वास्थ्य, ऊर्जा, प्रतिष्ठा तथा सामाजिक सम्मान प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। ज्योतिषशास्त्रमा पनि जन्मकुण्डलीमा रहेको सूर्यदोष कम गर्न आइतबारको व्रत, पूजा र मन्त्रजप लाभदायी मानिन्छ।

    बिहान यसरी गर्नुहोस् सूर्य पूजा

    images
    images

    आइतबार बिहान ब्रह्ममुहूर्तमा उठी स्नान गरी सफा वस्त्र धारण गर्ने प्रचलन छ। त्यसपछि नजिकको मन्दिरमा दर्शन गर्ने वा घरमै पूर्व दिशातर्फ फर्किएर उदाउँदो सूर्यलाई तामाको भाँडाबाट जल अर्पण गर्नुपर्छ। जल अर्पण गर्दा सूर्यका किरणतर्फ श्रद्धापूर्वक प्रार्थना गर्नाले शुभ फल प्राप्त हुने धार्मिक मान्यता छ।

    पूजाका क्रममा सूर्यदेवलाई रातो फूल, रातो चन्दन, गुडहल ९जवाकुसुम० को फूल, अक्षता ९चामल० तथा गुड वा गुडबाट बनेका परिकार अर्पण गरिन्छ। रातो रङ सूर्यको तेज र ऊर्जाको प्रतीक मानिने भएकाले यी सामग्री विशेष रूपमा प्रयोग गरिन्छ।

    जप गर्न सकिने मन्त्र

    पूजापछि श्रद्धापूर्वक सूर्यदेवका मन्त्र जप गर्न सकिन्छ। प्रचलित मन्त्रहरू यसप्रकार छन्–

    प्रातः स्मरामि खलु तत्सवितुर्वरेण्यं रूपं हि मण्डलमृचोऽथ तनुर्यजूंषि।
    सामानि यस्य किरणाः प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्॥

    वा

    ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे नमः।

    धार्मिक विश्वासअनुसार नियमित रूपमा सूर्य आराधना, जल अर्पण तथा मन्त्रजप गर्दा मानसिक शान्ति, सकारात्मक ऊर्जा, आत्मविश्वास र कार्यसफलता प्राप्त हुने जनविश्वास रहिआएको छ। यद्यपि यी मान्यताहरू धार्मिक आस्था र परम्परामा आधारित छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend