images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक...

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

images
images
शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • काठमाडौँ, १३ असार । साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ ।

    images
    images

    साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उहाँले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गरे ।

    मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थितीमा आयोजित कार्यक्रममा साहित्कार कोइरालाले बाल अस्पतालका परिकल्पनाकार प्राडा भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरे ।

    images
    images

    पूर्वअध्यक्ष रेग्मीले प्राडा कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा सहयोग गरेकोमा साहित्यकार कोइरालालाई धन्यवाद दिए । “धन हुनेको मन हुँदैन र मन हुनेको धन हुँदैन भन्ने गरिन्छ, तर रामप्रसाद जी यसको अपवाद बनेका छ, उनीसँग धन र मन दुवै छ,” उनले भने ।

    कार्यक्रममा बाल अस्पतालका परिकल्पनाकार एवम् अध्यक्ष प्राडा कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताउँदै सहयोग गरेकामा साहित्यकार कोेइरालाप्रति आभार व्यक्त गरे ।

    साहित्यकार कोइरालाले आफ्नो पुस्तक र जीवनको कमाइ समाजका लागि समर्पित गर्न पाउँदा खुसी व्यक्त गरे । उनले आफ्नो कृति केवल सम्झना मात्र नभई आफ्नो हजुरआमा प्रतिको अगाध प्रेम, सामाजिक परिवेश र जीवनका उकाली–ओराली समेटिएको बताए ।

    वरिष्ठ साहित्कार प्रकाश सायमीले कोइरालाले आफ्नो जीवनको आत्मकथा लेख्दै गर्दा उपन्यास तयार गरेको बताए । उनले कोइरालाको कृति मेरी, उनी र म आँसु नै आँसुले भरिएको संस्करण भएको बताए । साहित्यकार कोइरालाले पहिलो संस्करण सन् २०२२को अप्रिलमा प्रकाशनमा आएको थियो ।

    उनको पुस्तकको सफलताको शुभकामना पुस्तकमार्फत दिँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोइरालाको उक्त कृति नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवेशको रोचक आख्यान भएको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend