images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८...

काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप

काठमाडौँ महानगरले टेकु अस्पताललाई दियो १८ सय भायल रेबिजविरुद्धको खोप

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा देखिएको रेबिजविरुद्धको खोपको अभाव टार्न सहयोगस्वरूप खोप उपलब्ध गराएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एक औपचारिक कार्यक्रमका बीच उक्त खोप अस्पताल प्रशासनलाई हस्तान्तरण गरिन् । अस्पतालमा रेबिजविरुद्धको खोपको मौज्दात न्यून हुँदै गएको र यसले स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने समाचार सार्वजनिक भएपछि महानगरपालिकाले उक्त तदारुकता देखाएको हो । रेबिजको उपचारका लागि टेकु अस्पताल भरपर्दो र सुलभ गन्तव्य रहेकाले काठमाडौँ महानगरसहित छिमेकी पालिका र देशभरबाट आउने बिरामीहरू प्रत्यक्ष प्रभावित हुने जोखिमलाई मध्यनजर गर्दै महानगरले खोप सहयोग गरेको हो ।

    images
    images

    खोप हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले रेबिज प्राणघातक रोग भएको र जनावरको टोकाइपछि समयमै खोप नपाउँदा व्यक्तिको मृत्यु हुनु स्वास्थ्य प्रणालीकै लागि चुनौती भएको बताइन् । महानगरपालिकाले स्वास्थ्य विभाग र अस्पताल प्रशासनको द्रुत समन्वयका कारण छोटो समयमै खोप व्यवस्थापन गर्न सम्भव भएको जनाएको छ । उनले भनिन्, ‘टेकु अस्पतालमा खोपको अभाव हुन लागेको जानकारी पाएलगत्तै हामीले यसलाई गम्भीरतापूर्वक लियौँ । अस्पताल र महानगरको स्वास्थ्य विभागबीचको समन्वयमा एक हप्ताभित्रै खोप उपलब्ध गराउन सफल भएका छौँ । यो पहलले नियमित आपूर्ति नहुन्जेलसम्मका लागि सङ्कट व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ । रेबिजको सन्दर्भमा ‘दोस्रो मौका’ हुँदैन र यसलाई पर्खेर बस्न पनि सकिँदैन । महानगरवासी मात्र नभई काठमाडौँमा सेवा लिन आउने देशैभरका नागरिकको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउनु हाम्रो दायित्व हो ।’

    अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय सरकारी खरिद प्रक्रियामा देखिएका केही प्राविधिक र प्रक्रियागत कठिनाइका कारण खोप आपूर्तिको व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । उक्त चुनौतीका बीच पनि अस्पतालले गण्डकी र बागमती प्रदेश लगायत अन्य विभिन्न निकायहरूसँगको समन्वयमा खोप सेवालाई निरन्तरता दिँदै आएको उनले बताए । महानगरपालिकाले उपलब्ध गराएको १८ सय भायल खोपले थप ९ देखि १० दिनसम्मको माग धान्ने अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक करिब दुई सयको हाराहारीमा सेवाग्राही खोप लगाउन आउने गरेका छन् ।उनले भनिन्, ‘रेबिज एक प्राणघातक रोग भएपनि समयमै खोप लगाए यसबाट बच्न सकिन्छ । स्वास्थ्य सेवा विभागबाट खोप खरिद भएर नआउन्जेलसम्म सेवालाई बिना अवरोध सञ्चालन गर्न हामी प्रतिबद्ध छौँ ।’महानगरपालिकाको शीघ्र प्रतिक्रिया र सहयोगप्रति आभार प्रकट गर्दै डा. बास्तोलाले यस कार्यले बिरामीहरू खोप नपाएर फर्किनुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend