images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रि–ओपन सेसनमा नेप्से ३ अंकले बढ्यो,कारोबार...

प्रि–ओपन सेसनमा नेप्से ३ अंकले बढ्यो,कारोबार रकम पनि बढ्यो

प्रि–ओपन सेसनमा नेप्से ३ अंकले बढ्यो,कारोबार रकम पनि बढ्यो

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) बढेको छ । प्रिसेसनमा ३ अंकले बढ्दै नेप्से २६४८.३६ को बिन्दुमा उक्लिएको छ ।

    images
    images

    प्रिसेसनमा सूचकसँगै कारोबार रकम पनि बढेको छ । ३ हजार ४९४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २८ लाख ५१ हजार ३३३ रुपैयाँको भयो ।प्रिसेसनमा समृद्धि फाइनान्स, जानकी फाइनान्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनलगायत कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे ।

    यो सेसनमा विशेषगरी जलविद्युत र फाइनान्स क्षेत्रका कम्पनीको सेयर किनबेच भएको छ ।प्रिसेसनमा ३८ कम्पनीको सेयर किनबेच भयो । जसमा २० कम्पनीको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

    images
    images

    यसअघि सोमबार नेप्से २७.४१ अंकले बढ्दै २६४६.३६ को बिन्दुमा उक्लिएको थियो । सोमबार सूचकसँगै कारोबार रकम पनि बढेको थियो । सोमबारको बृद्धिलाई बजारका जानकारले ‘बाउन्स ब्याक’को रुपमा अथ्र्याएका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend