images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती,...

सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह

सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं ।  औषधि व्यवस्था विभागले बजारमा सेरोफ्लो रोटाक्याप नामक औषधिको नक्कली संस्करण फेला परेको भन्दै सचेत रहन अपील गरेको छ । 

    images
    images

    विभागले बुधबार एक सूचना जारी गर्दै भारतको सिक्किमस्थित सिप्ला लिमिटेडले उत्पादन गरेको श्वासप्रश्वास सम्बन्धी यो औषधिको नक्कली प्रतिलिपि बिक्री वितरण भइरहेको जनाएको हो । विभागले सम्पूर्ण चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । विभागले औषधिको सक्कली र नक्कली विवरण यकिन गरेर मात्र सिफारिस, बिक्री वितरण तथा प्रयोग गर्न ध्यानाकर्षण गराएको छ । 

    विभागका अनुसार सक्कली र नक्कली औषधि पहिचान गर्न प्याकेजिङमा रहेका केही सूक्ष्म भिन्नताहरू हेर्नुपर्ने हुन्छ । सेरोफ्लो रोटाक्याप  दमको उपचारमा प्रयोग हुने औषधि हो ।

    images
    images

    724576286_2074813243433758_4245298108807808668_n (1)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend