images

२०८३ आश्विन १७ गते

images
images
images
  • स्वास्थ्य
  • सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा...

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • नारायणगढ (चितवन), १० असार । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा अवरुद्ध भए पनि बिरामीको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ । 
     
    अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न नसकिएपछि निजी अस्पतालहरूसँगको समन्वयमा सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ ।

    images
    images

    अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार सिटी स्क्यानका लागि आउने बिरामीहरूलाई मर्का नपरोस् भनी निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग विशेष सम्झौता गरिएको छ । सम्झौताअनुसार भरतपुर अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत लाग्ने सरकारी दररेटमै अफिनसँग आबद्ध निजी अस्पतालहरूले सिटी स्क्यान सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

    उन्ले भने, “भरतपुर अस्पतालमा बीमाबाट लाग्ने खर्च जति हुन्छ, त्यही दरमा अफिनसँग आबद्ध निजी अस्पतालहरूमा सिटी स्क्यान सेवा उपलब्ध गराइदिन अनुरोध गरेका थियौँ । अफिन चितवनले यो प्रस्ताव स्वीकार गर्दै आफ्ना सदस्य अस्पतालमार्फत सेवा दिने प्रतिबद्धता जनाएको छ । त्यसैले हामीले सिटी स्क्यान सेवालाई निरन्तरता दिइरहेका छौँ ।”

    images
    images

    बिरामीहरूलाई भरतपुर अस्पतालकै सवारीसाधन मार्फत तोकिएको निजी अस्पतालसम्म लैजाने र परीक्षणपछि पुनः भरतपुर अस्पतालमै ल्याउने व्यवस्था गरिएको छ । मेसिन मर्मतको क्रममा रहे पनि बिरामीको सेवामा कुनै अवरोध नआउने गरी व्यवस्थापन गरिएको उनले बताएका छन् ।
      
    अस्पतालले मेसिन मर्मत तथा सञ्चालनका लागि आवश्यक प्रक्रिया पनि अघि बढाएको जनाएको छ । भरतपुर अस्पतालको नौ वर्ष पुरानो सिटी स्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि सेवा अवरुद्ध भएको हो । 

    अस्पतालका अनुसार नयाँ ट्युब नेदरल्यान्ड्सबाट मगाउनुपर्ने भएकाले सेवा पूर्ण रूपमा पुनः सञ्चालन हुन केही दुई हप्ता लाग्न सक्छ । अस्पतालमा दैनिक करिब ५० जनाले सिटी स्क्यान सेवा लिने गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend