images

२०८३ आश्विन १६ गते

images
images
images

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकार सक्रिय, पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकार सक्रिय, पर्यटनमन्त्री पौडेल

images
images
शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • देवदह (रुपन्देही), असार ६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले विमानस्थल सञ्चालनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक तयारी अघि बढाइरहेको जानकारी दिनुभयो।

    images
    images

    शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ हुनुको मुख्य कारण राजनीतिक वा कूटनीतिक नभई नीतिगत कमजोरी रहेको स्पष्ट पार्नुभयो। विगतमा भएका नीतिगत त्रुटिहरूलाई सुधार गर्दै विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्ने दिशामा सरकार लागिरहेको उहाँको भनाइ थियो।

    मन्त्री पौडेलले अन्तर्राष्ट्रिय उडान विस्तार, एयरलाइन्स आकर्षण तथा यात्रु व्यवस्थापनलाई प्राथमिकतामा राखेर आवश्यक निर्णयहरू गरिँदै आएको उल्लेख गर्नुभयो। उहाँका अनुसार विमानस्थल सञ्चालनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई तीव्र बनाइएको छ।

    images
    images

    वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि सरकारले सेवा सहज बनाएको उल्लेख गर्दै उहाँले अब श्रम स्वीकृति लिन काठमाडौं धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो। “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ,” मन्त्री पौडेलले भन्नुभयो, “यसले समय, खर्च र झन्झट सबै घटाएको छ।”

    उहाँले नेपालका विमानस्थलहरूलाई केवल नेपाली श्रमिक विदेश पठाउने माध्यमका रूपमा मात्र होइन, विदेशी पर्यटक भित्र्याउने महत्वपूर्ण पूर्वाधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा विदेशी पर्यटक आकर्षित गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

    मन्त्री पौडेलले दीर्घकालीन हवाई पूर्वाधार विकासका लागि प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि भविष्यमा अपरिहार्य रहेको धारणा राख्नुभयो। नेपाललाई क्षेत्रीय हवाई केन्द्रका रूपमा विकास गर्न आधुनिक र पर्याप्त क्षमतायुक्त विमानस्थल आवश्यक पर्ने उहाँको भनाइ थियो।

    सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा उपयोग गर्ने लक्ष्य लिएको जनाएको छ। विमानस्थल सञ्चालन प्रभावकारी भएमा लुम्बिनी क्षेत्रको पर्यटन विकास, विदेशी मुद्रा आर्जन तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend