images

२०८३ आश्विन १६ गते

images
images
images
  • अन्य
  • बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास...

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न

बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न

images
images
शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • रौतहट, ६ असार । सशस्त्र प्रहरी वल नेपालको विशेष सक्रियतामा शुक्रबार बागमती नदीमा जलउत्पन्न विपद् उद्धारसँग सम्बन्धित अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ ।

    images
    images

    सशस्त्र प्रहरी वल नेपाल अन्तर्गत छिन्नमस्ता बाहिनीको आयोजना तथा मधेस प्रदेश सरकारको सहयोग र समन्वयमा रौतहट तथा सर्लाही जिल्लास्थित बागमती नदीमा उद्धार, सहयोग सम्बन्धी कृतिम अभ्यास सम्पन्न भएको हो ।
     
    नेपालमा हरेक वर्ष मन्सुनी वायु सक्रिय भएसँगै हुने सम्भावित जोखिमलाई सहजरूपमा सम्बोधन गर्न सघाउ पु¥याउने उद्देश्यले यस वर्ष पनि सो अभ्यास गरेको आयोजकको भनाइ छ ।

    रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बाढी, डुवानलगायत प्रकोपजन्य घटनाबाट रौतहटलगायत तराईका जिल्लामा वर्षेनी ठूलो जनधनको नोक्सानी हुनेगरेको बताउँदै त्यसबाट जोगिन शसस्त्र प्रहरी बलको सक्रियतामा कृतिम अभ्यास गरेको स्पष्ट गर्नुभयो ।  

    images
    images

    नदीमा अचानक बाढी आउँदा वा मानिस फस्दा व्यक्तिलाई सुरक्षित तरिकाले उद्धार गर्न सहयोग पु¥याउने उद्देश्यले स कृतिम अभ्यास जिल्लास्थित बागमती नदीमा गरिएको जानकारी दिँदै सशस्त्र प्रहरी वल, रौतहट जिल्ला प्रमुख एवम् गणपति रामहरि अधिकारले भन्नुभयो, “मौसमजन्य विपद्लाई लक्षित गर्दै जनधनको क्षति न्यूनीकरणका पक्षमा कृतिम अभ्यास गरिएको हो । तराई क्षेत्रमा वर्षेनी हुने जनउत्पन्न प्रकोपजन्य घटनाबाट जोगिन यस किसिमको अभ्यास फलदायी हुने विश्वास लिएका छौँ ।”
     
    सो अवसरमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने दायित्व बोकेको सशस्त्र प्रहरीको प्रकोपजन्य घटनामा समेत महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
     
    बलको छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति एवम् प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्टले समग्र मधेस प्रदेशमा हुने जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि कृतिम घटनामा आधारित ‘सिमुलेसन’ अभ्यास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

    रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाका विभिन्न पालिकाका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधरण समेतको उल्लेख्य उपस्थितिमा आज बागमती नदीमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend