images

२०८३ कार्तिक ५ गते

images
images
images

कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा

कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा प्रहरी टोली पुगेको घटनाबारे संघीय संसदमा प्रश्न उठेको छ ।तर, प्रहरी र स्थानीय प्रशाशनले भने फरार अभियुक्तको खोजीका क्रममा प्रहरी त्यहाँ पुगेको दाबी गरेका छन् ।प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन्त्रीको आवासमै लक्षित गरेर छापा मारिएको नभई फरार अभियुक्त सो क्षेत्रमा लुकेको सूचनाका आधारमा प्रहरी परिचालन भएको दाबी गरेका छन् ।

    images
    images

    उद्योगमा भएको एउटा घटनामा संलग्न शंकास्पद व्यक्तिले सेल्टर लिएकोभन्ने सूचनाका आधारमा प्रहरी गएको उनको दाबी छ।घटना हुँदा मन्त्री पराजुली विपद्‌सम्बन्धी कार्यक्रमका लागि जिल्लाबाहिर थिए ।जिल्ला प्रहरी कार्यालय मोरङले मन्त्री निवासमा छापा मारिएको भन्ने कुरा सत्य नभएको दाबी गरेको छ ।एक गम्भीर अपराधका फरार प्रतिवादीको खोजीमा सो क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालय स्रोतको दाबी छ ।

    यसविषयमा संघीय संसदमा पनि प्रश्न उठेको छ । धनकुटाबाट निर्वाचित एमाले सांसद राजेन्द्र राईले पनि आजको संसदमा यो विषयमा कुरा उठाएका थिए ।उनले नयाँ सरकारले किन यस्तो गरिरहेको छ भन्दै प्रश्न गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend