images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा...

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा विश्वकप प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा विश्वकप प्रसारणको सह-प्रायोजक

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह- प्रायोजकको रूपमा सहकार्य गरेको छ। यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा DIGO App मार्फत सहभागी रहनेछ।

    images
    images

    यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने, ‘विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं। विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ । यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यस सहकार्यले नेपाली दर्शकहरूमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउनका साथै नेपाल लाइफको ब्राण्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने विश्वास लिएका छौं।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend