images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • विद्युत् नियमन आयोग अध्यक्षका लागि सात...

विद्युत् नियमन आयोग अध्यक्षका लागि सात जना सर्टलिस्टमा,असार ६ गते अन्तर्वार्ता

विद्युत् नियमन आयोग अध्यक्षका लागि सात जना सर्टलिस्टमा,असार ६ गते अन्तर्वार्ता

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं ।विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि दरखास्त दिएका उम्मेदवारहरूमध्ये सात जना अन्तिम चरणका लागि छानिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिस समितिले बुधबार एक सूचना जारी गर्दै न्यूनतम शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजना मूल्यांकनमा ५० प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरूको नाम अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि सार्वजनिक गरेको हो।

    images
    images

    छनोट हुनेहरूमा केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसूदन अधिकारी, डा. भोलानाथ शर्मा घिमिरे र नारायणप्रसाद सापकोटा रहेका छन्।  समितिले सार्वजनिक गरेको सूचनाअनुसार उनीहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार ६ गते सञ्चालन हुनेछ।

    अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सिफारिस समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। विद्युत् नियमन आयोगको अध्यक्ष पद ऊर्जा क्षेत्रको नियमन, नीति कार्यान्वयन तथा विद्युत् बजार व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी भएको पदका रूपमा हेरिन्छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend