images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका...

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौँ, ४ असार । बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पु¥याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार बिहान हेलिकोप्टरमार्फत लाम्पाटा पु¥याइएको हो ।

    images
    images

    उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गत जेठ ३१ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा वेश स्थापना गरिएको थियो । नं. ७ बैध्यनाथ बाहिनी मुख्यालयका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले लाम्पाटा पुगेर त्यहाँ तैनाथ सुरक्षाफौजको कामकारबाही बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका थिए ।

    सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वयसमेत हेडक्वार्टरबाटै हुनेछछ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सो टोली जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

    images
    images

    केही दिनयता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच सामान्य विवाद उत्पन्न भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend