images

२०८३ कार्तिक ५ गते

images
images
images

अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित

अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ । बुधबारदेखि साउदी अरबले गर्ने भनिएको अनिवार्य सीप परीक्षण कार्यक्रम स्थगित भएको छ । बसुन्धारास्थित ‘सीप परीक्षण कार्यक्रम’ (एसभीपी) सञ्चालन गर्न खोलिएको ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल प्रालिले सूचना टाँसेर स्थगित भएको जनाएको हो ।वैदेशिक रोजगार व्यवसायीहरूले बिहान देखि आन्दोलन गरेसँगै ट्रेनिङ इन्स्टिच्युटले स्थगितको सूचना टाँसेको छ । व्यवसायीहरूले एकाधिकार खडा गरी सीप परीक्षणको नाममा प्रमाणपत्र बेच्न श्रमिकमाथि रकम असुल गर्न खोजेको भन्दै तालिम प्रदायक संस्थामा घेराउ गरेका थिए । 

    images
    images

    तर, यसबारे साउदी दूतावासले कुनै औपचारिक सूचना जारी गरेको छैन । यो सीप परीक्षणका लागि श्रमिकले थप १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।  परीक्षा शुल्कबापत ५० डलर र पूर्व सिकाइ मान्यता (आरपीएल) बापत ५० डलर लाग्ने व्यवस्था गरेको थियो । बुधवार काठमाडौँस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरु गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र पेस नगरेमा श्रम भिसा जारी नगर्ने भनेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend