images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • गण्डकी विश्वविद्यालयलाई २० करोड र खेलकुद...

गण्डकी विश्वविद्यालयलाई २० करोड र खेलकुद परिषद्लाई ६ करोड

गण्डकी विश्वविद्यालयलाई २० करोड र खेलकुद परिषद्लाई ६ करोड

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि कुल २ अर्ब १६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा बजेट वक्तव्य प्रस्तुत गर्दै क्षेत्रगत बजेट सार्वजनिक गरेका हुन् । प्रदेशको अमूल्य सम्पदाका रूपमा रहेका मौलिक भाषा, धर्म, संस्कृति, साहित्य, कला, संगीत र रैथाने ज्ञान–सीपको संरक्षण र प्रवद्र्धन गरिने बजेटमा उल्लेख छ । प्रदेशभित्रका संग्रहालय र कोसेली घरहरूलाई पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास गरिने उनले बताए । युवाहरूका लागि सीपमूलक तालिमको व्यवस्था गरी निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीका अवसरहरू सिर्जना गरिने सरकारले जनाएको छ । 

    images
    images

    खेलकुद क्षेत्रको विकास, खेल पूर्वाधारको स्तरोन्नति, खेलाडीहरूको संरक्षण र प्रोत्साहनका लागि जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्न गण्डकी प्रदेश खेलकुद परिषद्लाई ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक पूर्वाधार विकास, शिक्षकहरूको क्षमता अभिवृद्धि, स्टिम ल्याब स्थापना र प्रविधिमैत्री शिक्षण सिकाइका लागि बजेट छुट्याइएको छ । गण्डकी प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण र सञ्चालनका साथै गण्डकी विश्वविद्यालयलाई विशिष्टीकृत अध्ययन अध्यापन संस्थाका रूपमा विकास गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिला मन्त्री शेरचनले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend