images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • २ लाख क्याप्सुल ट्रामाडोलसहित १३ जना...

२ लाख क्याप्सुल ट्रामाडोलसहित १३ जना पक्राउ

२ लाख क्याप्सुल ट्रामाडोलसहित १३ जना पक्राउ

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौँ । फार्म हाउसको आवरणमा लागुऔषध ट्रामाडोलको कारोबार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको टोखा र चन्द्रागिरीमा खाल्डो खनेर लुकाएको अवस्थामा २ लाख ९ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए। जेठ २७ देखि ३१ सम्मको अवधिमा ट्रामाडोल कारोबारमा संलग्न १३ जनालाई ब्यूरोको टोलीले पक्राउ गरेको छ ।

    images
    images

    पक्राउ पर्नेमा नुवाकोट घर भएका २२ वर्षीय निमा तामाङ, २३ वर्षीय बिक्रम लामा, रुपन्देही घर भएका २९ वर्षीय सागर बुढाथोकी, भक्तपुरका ४५ वर्षीय उद्धव श्रेष्ठ, विकाश काफ्ले, सिन्धुली घर भएका माया बिसङ्खे, कालिकोट घर भएका २६ वर्षीय खड्का रोकाया, २७ वर्षीया कमला थामी, बाजुरा घर भएकी २९ वर्षीया मेनुका थामी, बारा घर भएका ३४ वर्षीय सञ्जय साह सोनार, पर्साका प्रमोद प्रसाद कलवार, काठमाडौँ घर भएकी ४० वर्षीया मोनिका श्रेष्ठ र २९ वर्षीय सुशीला महर्जन छन्। लागुऔषध कारोबारको ७ लाख ८७ हजार नगद र उनीहरूको साथबाट २४ सय एम्पुल बुप्रेनोर्फिन, डाइजेपाम, र फेनारगनको सेट बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend