images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • आगामी ६० दिनमा आणविक कार्यक्रम र...

आगामी ६० दिनमा आणविक कार्यक्रम र प्रतिबन्धबारे वार्ता हुने

आगामी ६० दिनमा आणविक कार्यक्रम र प्रतिबन्धबारे वार्ता हुने

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • तेहरान । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिका र इरानबीचको सम्झौतालाई अन्तिम रूप दिइसकेको र यसको औपचारिक हस्ताक्षर शुक्रबार स्विट्जरल्यान्डको जेनेभामा हुने बताएका छन् । इरानले अमेरिकाप्रति अझै पूर्ण विश्वास नगरेको स्पष्ट पार्दै उनले सम्झौताअनुसार अमेरिकाले गर्ने प्रतिबद्धताहरूको कार्यान्वयनलाई नजिकबाट निगरानी गरिने इरानी सरकारी टेलिभिजनसँग कुरा गर्दै बताए ।

    images
    images

    घरिबाबादीले इजरायलले बेरुतमा गरेको आक्रमणपछि इरानले इजरायल र अमेरिकाविरुद्ध दिएको कडा चेतावनीले पनि सम्झौताको मस्यौदालाई अन्तिम रूप दिन र बाँकी केही विवाद समाधान गर्न सहयोग पुगेको दाबी गरे । उनका अनुसार सम्झौतापछि सुरु हुने वार्ता ६० दिनभित्र सम्पन्न गर्ने इरानको अपेक्षा छ । यस अवधिमा इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाउने विषय तथा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रस्ताव र निर्णयहरू अन्त्य गर्ने विषय प्रमुख एजेन्डा हुने बताइएको छ । युद्धपछिको आर्थिक पुनर्निर्माणसम्बन्धी विषयहरू पनि यही ६० दिने वार्तामा समेटिने उनले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend