images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि...

काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु

काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न ११ क्षेत्रका १०१ बुँदामा प्रस्तुत गरेको नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ ।महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम पेस गरेकी थिइन् । राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९ औँ अधिवेशन बैठकमा उनले महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आव २०८२/०८३ मा सम्पन्न हुन बाँकी बहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम पेस गरेकी थिइन् । 

    images
    images

    उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा सहभागिता र सक्रियताको अपेक्षा गर्दै अन्तर सरकार समन्वय र साझेदारिताबाट मात्र लक्ष्य हासिल गरिने बताइन् । नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा युवा तथा खेलकुद, प्रविधिमा आधारित सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि र उपभोक्ता हितलगायतका विधा समेटिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend