images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार...

पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा

पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा

images
images
सोमवार, आषाढ १ २०८३
सोमवार, आषाढ १ २०८३
  • काठमाडौँ । पशुपतिको शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसी सूचीमा राखिएको छ ।पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.मिलनकुमार थापासहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ ।यो मुद्दा विशेष अदालतमा दर्ता भएपछि १३ औँ पटक पेसी तोकिएको छ । यो मुद्दामा एक पटक विशेषज्ञ झिकाउने आदेश भएको छ भने दुई पटक अन्य आदेश  दुई पटक बहस नोट पेस गर्ने आदेश भइसकेको छ ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ८ गते पशुपतिको शव दाह मेसिन खरिद प्रकरणमा सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । सो मुद्दामा सदस्य सचिव डा.थापासहित तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री,तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरीलगायतलाई प्रतिवादी बनाइएको छ ।प्रतिवादीहरू विरुद्ध भारतीय रुपैयाँ ३२ लाख ५० हजार पर्ने शव दाह मेसिनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख पर्ने देखाई एवं प्रचलित कानुनले दिएको छुटसमेत लागत अनुमानमा जोडेर अस्वाभाविक रूपले बढी लागत अनुमान तयार गरेको अभियोग छ ।

    खरिदमा आवश्यक प्राविधिक दस्ताबेज, प्रतिस्पर्धात्मक बोलपत्र र स्थलगत निरीक्षण नै नगरेको अभियोग पत्रमा उल्लेख छ । ठेक्का सम्झौतामा उल्लेखित काम सम्पन्न नगरीकनै १ करोड ८२ लाखको अग्रिम भुक्तानी समेत गरिएको देखिएको छ आयोगको अभियोग पत्रमा उल्लेख छ ।त्यसैगरी पशुपति क्षेत्र विकास कोषका लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी,पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार तथा मूल्याङ्कन समिति सदस्य लैनबहादुर थापा, सप्लायर्स कम्पनी म्याप इन्टरप्रिनियर्सका सञ्चालकद्वय मनोज पुरी र यदुनन्दन भट्टराई र एप्पल इन्जिनियरिङका प्रबन्ध निर्देशक सुरज चापागाईँलाई समेत सो मुद्दामा प्रतिवादी बनाइएको छ । प्रतिवादीहरूसँग जनही एक करोड ८२ लाख बिगो माग दाबी लिइएको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend