images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • प्राकृतिक विज्ञान संग्रहालयमा अन्तर्राष्ट्रिय वनस्पति उद्यान...

प्राकृतिक विज्ञान संग्रहालयमा अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस मनाइयो

प्राकृतिक विज्ञान संग्रहालयमा अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस मनाइयो

images
images
शनिवार, जेठ ३० २०८३
शनिवार, जेठ ३० २०८३
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको प्राकृतिक विज्ञान संग्रहालयमा प्रथम अन्तर्राष्ट्रिय वनस्पति उद्यान शिक्षा दिवस विविध कार्यक्रमसहित मनाइएको छ। संग्रहालय र वातावरण कानून समाज नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वनस्पति, वन्यजन्तु संरक्षण, जैविक विविधता, वातावरणीय शिक्षा तथा संरक्षणसम्बन्धी विषयमा विज्ञहरूले प्रस्तुति दिएका थिए।

    images
    images

    कार्यक्रममा प्राकृतिक विज्ञान संग्रहालयका पूर्व प्रमुख प्रा। डा केशव श्रेष्ठले स्वयम्भू वातावरण पार्क र वनस्पति उद्यानको इतिहास, विकास तथा संरक्षण प्रयासबारे जानकारी गराउनुभयो। संग्रहालय प्रमुख डा। ईशान गौतमले वनस्पति उद्यानलाई अनुसन्धान, शिक्षा र जैविक विविधता संरक्षणको महत्वपूर्ण केन्द्रका रूपमा प्रस्तुत गर्दै नेपालमा साइटिस महासन्धि कार्यान्वयनमा संग्रहालयको भूमिकाबारे प्रकाश पार्नुभयो।

    वातावरण कानून समाज नेपालका प्रतिनिधिहरूले वन्यजन्तु संरक्षणसम्बन्धी कानुनी व्यवस्था, वातावरणीय न्याय, वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणमा युवाहरूको भूमिकाबारे प्रस्तुति दिएका थिए। पत्रकार तथा लेखक अशोक सिलवालले ‘एचटूओ नेपाल बुक जर्नी’ अभियानमार्फत प्रकृति, संस्कृति, शिक्षा र संरक्षणको सन्देश फैलाउने प्रयासबारे जानकारी गराउनुभयो।

    images
    images

    कार्यक्रमका सहभागी विद्यार्थी तथा शिक्षकलाई प्राकृतिक विज्ञान संग्रहालय, वनस्पति उद्यान र जैविक विविधतासम्बन्धी क्षेत्रको अवलोकनसमेत गराइएको थियो। यस अवसरमा ‘लिली लिभ्स्’की प्रमुख कार्यकारी अधिकृत लिली कटुवालले नव–निर्मित हरितगृह ग्रीनहाउस संग्रहालयलाई हस्तान्तरण गर्नुभएको थियो।

    आयोजकका अनुसार वनस्पति उद्यानलाई शिक्षा, अनुसन्धान र संरक्षणसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रमले युवा पुस्तामा प्रकृति संरक्षणप्रति जिम्मेवारी र चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमलाई विज्ञान, वातावरण र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रभावकारी पहलका रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend