images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • ओमकुमारी शान्तिकोषको विपन्न नागरिकको उपचारमा...

ओमकुमारी शान्तिकोषको विपन्न नागरिकको उपचारमा साढे २ करोड बढी सहयोग

ओमकुमारी शान्तिकोषको विपन्न नागरिकको उपचारमा साढे २ करोड बढी सहयोग

images
images
आइतवार, कार्तिक ११ २०८१
आइतवार, कार्तिक ११ २०८१
  • काठमाडौं । म्याग्दीको ओमकुमारी शान्तिकोषले गरिब तथा विपन्नको उपचारका लागि साढे दुई करोड रुपियाँभन्दा बढी सहयोग गरेको छ। जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशिल शान्ति कोषले एक दशक अवधिमा तीन सय ४८ जना विपन्न नागरिकको उपचारमा दुई करोड ५९ लाख ५० हजार दुईसय ५९ रुपियाँ आर्थिक सहयोग गरेको संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो । 

    images
    images

    बेनीमा सम्पन्न भएको संस्थाको दशौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष गौतमले विभिन्न रोग लागेर उपचार गराउन आर्थिक समस्यामा परेका सर्वसाधारणको उपचारमा संस्थाले रोगको अवस्था हेरेर पाँच हजारदेखि १४ लाख रुपियाँसम्म सहयोग गरेको बताउनुभयो । दुई वर्षको अवधिमा मात्रै संस्थाले ६९ जनाको उपचारमा सघाएको छ । 

    यस अवधिमा संस्थाको अक्षयकोषको व्याज रकमबाट ४ लाख ६८ हजार रुपियाँ र सहयोग सङ्कलनबाट ६३ हजार एकसय ९५ रुपियाँ सहयोग गरिएको कोषले जनाएको छ । कोषमा आठसय ९१ जना आजिवन सदस्य, ८ वटा संस्थागत संरक्षक सदस्य र ३४ जना व्यक्तिगत संरक्षक सदस्य रहनुभएको कोषका कार्यालय सचिब डकबहादुर रोकाले जानकारी दिनुभयो ।

    images
    images

    उहाँका अनुसार आर्थिक रुपमा विपन्न नागरिको उपचारमा सघाउन स्थापना भएको यस संस्थाको १ करोड ३३ लाख ५९ हजार आठसय ६४ रुपियाँ अक्षयकोषमा रहेको छ । जिल्लामा आर्थिक रुपमा विपन्न विरामीहरुलाई कोषले अक्षयकोषको व्याज रकम र सहयोगदाताबाट संकलन हुने रकमबाट आर्थिक सहयोग गर्दै आएको छ ।

    हाईपोप्लाष्टिीक एनिमिया रोगका कारण दिवंगत भएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापित कोषले जिल्लामा विपन्नको नागरिको उपचार संगै दैवि प्रकोप पीडितहरुलाई समेत राहत जुटाउन क्रियाशिल हुँदै आएको छ । 

    यसैगरी अधिवेशनबाट सन्दिप खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको संस्थाले जनाएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा बिनय श्रेष्ठ, कोषाध्यक्षमा दिपक श्रेष्ठ र सचिवमा नेत्रराज सुवेदी चयन हुनुभएको छ । 

    सदस्यहरुमा टकसरा राना, मिना राम्जाली, राजेन्द्र आचार्य, कृष्ण जिसी, नन्दु पाइजा, कमल खत्री, सन्तोष गौतम र विरेन्द्र श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिका संयोजक चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend