images

२०८३ आश्विन १६ गते

images
images
images

फ्लाईदुबईद्धारा पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा

फ्लाईदुबईद्धारा पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं । दुबईस्थित राष्ट्रिय एयरलाइन्स फ्लाईदुबई ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त सेवा आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुनेछ । यस नयाँ सेवासँगै फ्लाईदुबई संयुक्त अरब इमिरेट्स (यूएई)बाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स बनेको छ ।  सन् २००९ देखि काठमाडौंमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाईदुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको जनाएको छ ।

    images
    images

    फ्लाईदुबईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गैथ अल गैथले नेपाल फ्लाईदुबईका लागि अत्यन्त महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र यूएई बीचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदम भएको बताए । उनले दुबईलाई विश्वस्तरीय हवाई केन्द्रका रूपमा उपयोग गर्दै यात्रुहरूलाई थप पहुँच र सहज कनेक्टिभिटी प्रदान गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको बताए ।त्यसैगरी, फ्लाईदुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधिर श्रीधरनले पोखरा उडानले यात्रुहरूलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उल्लेख गरे । उनका अनुसार यो सेवा यूएई, खाडी मुलुकहरू, मध्यपूर्व, युरोप तथा फ्लाईदुबईको विस्तृत अन्तर्राष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुहरूको मागलाई लक्षित गरी सञ्चालन गरिनेछ ।

    अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ । नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।यो सेवा फ्लाईदुबई र एमिरेट्सबीचको कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुनेछ, जसबाट यात्रुहरूले एउटै टिकट, सामानको थ्रु–चेक(इन तथा विस्तृत अन्तर्राष्ट्रिय नेटवर्कमा सहज पहुँचको सुविधा प्राप्त गर्नेछन् । यसले नेपालमा पर्यटन प्रवद्र्धन गर्न समेत ठूलो सहयोग पुग्ने आशा लिइएको छ । 

    images
    images

    उडान तालिका स्थानीय समयअनुसार

    उडान नम्बर          रुट                                             प्रस्थान आगमन

    FZ 1165            दुबई (DXB) – पोखरा (PHH)       12:00   18:15

    FZ 1166            पोखरा (PHH) – दुबई (DXB)       19:15   22:00

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend