images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • इरानलाई अमेरिका र बेलायतसहित २२ देशको...

इरानलाई अमेरिका र बेलायतसहित २२ देशको चेतावनी

इरानलाई अमेरिका र बेलायतसहित २२ देशको चेतावनी

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि दबाब सिर्जना गर्दै आफ्ना भूभागमा हुने भनिएका आक्रमण, अपहरण र डरत्रासका गतिविधि तत्काल रोक्न संयुक्त चेतावनी दिएका छन् । ती देशहरूले इरानसँग सम्बद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी भूमिमा असन्तुष्ट, पत्रकार तथा यहुदी र इजरायली समुदायलाई लक्षित गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन् ।बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सहभागी देशहरूले आफ्नो भूमिमा मानिसहरूलाई मार्ने, अपहरण गर्ने, उत्पीडन गर्ने, धम्क्याउने वा अन्य प्रकारका आक्रमण गर्ने प्रयासले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रत्यक्ष चुनौती खडा गरेको बताएका छन् । उनीहरूले यस्ता गतिविधि तत्काल अन्त्य गर्न इरानलाई आग्रह गरेका छन् ।

    images
    images

    विज्ञप्तिमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) अन्तर्गतका गुप्तचर सेवाहरू तथा यसको विदेशी अपरेसन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट, पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै घातक षड्यन्त्र तथा दुर्भावनापूर्ण गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।संयुक्त वक्तव्यमा हस्ताक्षरकर्ताहरूले आफ्ना नागरिक र देशलाई यस्ता खतराबाट सुरक्षित राख्ने विषयमा आफूहरू एकजुट रहेको उल्लेख गर्दै इरानले अब यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार अन्तर्राष्ट्रिय सुरक्षा र कानूनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन ।ती देशहरूले इरानसँग सम्बन्धित मानिएको समूह ‘हरकत अशाब अल–यामिन अल–इस्लामिया’ मार्फत युरोपका विभिन्न स्थानमा यहुदी समुदाय, इरानी पत्रकार तथा अमेरिकी पत्रकारहरूलाई लक्षित गरी आक्रमणको अभियान सञ्चालन गरिएको दाबी पनि गरेका छन् । उक्त अभियानको पछाडि इरानको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको उनीहरूको आरोप छ ।

    यसैबीच, कम परिचित उक्त समूहले लन्डनको गोल्डर्स ग्रीन क्षेत्रमा रहेका सभास्थल र यहुदी समुदायसँग सम्बन्धित विभिन्न केन्द्रहरूमा हालै भएका श्रृङ्खलाबद्ध आगजनी घटनाको जिम्मेवारी लिएको बताइएको छ । गोल्डर्स ग्रीन लन्डनको ठूलो यहुदी समुदाय बसोबास गर्ने क्षेत्रका रूपमा परिचित छ ।इरानले भने यस्ता आरोपबारे तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर पश्चिमी मुलुकहरू र इरानबीच सुरक्षा, क्षेत्रीय प्रभाव तथा गुप्त गतिविधिसम्बन्धी विवाद पछिल्ला वर्षहरूमा लगातार चर्किँदै आएको छ । पछिल्लो संयुक्त चेतावनीलाई पनि इरानमाथि बढ्दो कूटनीतिक दबाबका रूपमा हेरिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend