images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास...

स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण

स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण

images
images
बिहिवार, जेठ २८ २०८३
बिहिवार, जेठ २८ २०८३
  • तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसेनाले स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी समाचार संस्था मेहर न्युज एजेन्सी (एमएनए)का अनुसार इरानले स्ट्रेट पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको केही घण्टापछि उक्त घटना भएको हो ।आईआरजीसी नौसेनाले जारी गरेको भनिएको वक्तव्यमा अनुमति बिना स्ट्रेट पार गर्ने प्रयास गरेपछि ती दुई जहाजलाई निशाना बनाइएको उल्लेख गरिएको छ ।

    images
    images

     हालसम्म ती जहाज कुन देशका थिए, कसको स्वामित्वमा थिए वा जहाजमा रहेका चालकदलको अवस्था कस्तो छ भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।यसअघि इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकी सैन्य आक्रमणपछि क्षेत्रको सुरक्षा अवस्था बिग्रिएको भन्दै स्ट्रेट अफ होर्मुज सबै तेल ट्यांकर र व्यापारिक जहाजका लागि बन्द गरिएको घोषणा गरेको थियो । उक्त घोषणामा जलमार्ग प्रयोग गर्ने कुनै पनि जहाजलाई निशाना बनाइने चेतावनीसमेत दिइएको थियो ।जहाजमाथि आक्रमण भएको दाबी हालसम्म केवल इरानी सरकारी सञ्चारमाध्यम र इरानी सैन्य स्रोतहरूले मात्र गरेका छन् । अन्तर्र्रष्ट्रिय समुद्री सुरक्षा निकायहरू, अमेरिकी अधिकारीहरू वा अन्य स्वतन्त्र स्रोतहरूले यस घटनाको पुष्टि गरेका छैनन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend